सूर्यदर्शन सहकारी ठगी प्रकरणः जिबी राईसहित तीन जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस

सूर्यदर्शन सहकारी ठगी प्रकरणः जिबी राईसहित तीन जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस


काठमाण्डु- प्रहरीको अन्तरर्ष्ट्रिय सञ्जाल इन्टरपोलले सहकारी ठगी अभियोगमा फरार रहेका ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जिबी राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ ।

इन्टरपोलले शुक्रबार जिबी राईविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो भने आज सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।

जिबी राईसहित सूर्य दर्शन सहकारीका पदाधिकारीहरु विरुद्ध बचतकर्ताका बचत रकम हिनामिना गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ ।

ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा जिवीको समूहले सुप्रिम सहकारी, साहारा चितवन सहकारी, सूर्यदर्शन सहकारी र स्वर्णलक्ष्मी सहकारीबाट ठूलो रकम हिनामिना गरेको अरोप छ । अन्य सहकारीको ठगीबारे छानविन भइरहेको भएपनि सूर्यदर्शन गठीको मुद्दा अदालत प्रवेश गरिसकेको छ ।