काठमाण्डु – नेकपा एमालेको माधव नेपाल समूहका युवा नेता जीवन राइले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र पाएका छन् । निर्वाचन आयोगले कलम चिन्हसहितको दल दर्ताको प्रमाणपत्र राईलाई आज प्रदान गरेको हो ।
वैशाख ७ गते दल दर्ताको निवेदन दिएका राईको दलको नाम नेकपा एकीकृत भएको छ । निर्वाचन आयोगले राईलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार १६३ नम्बरमा सो पार्टी दर्ता छ । प्रमाणपत्र पाएपछि नेता राईले सबै कम्युनिष्टहरुलाई एकीकृत बनाउनका लागि दलको नाम नेकपा एकीकृत राखेको प्रतिक्रिया दिए ।
नेकपा एकीकृतको पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।





प्रतिक्रिया