बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना, ६ को मृत्यु


प्युठान – प्युठानमा बेहुली लिएर फर्कँदै गरेकाे जन्ती जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सत्यनारायण थापाका अनुसार दुर्घटनामा ६ जनाकाे ज्यान गएकाे छ । मृतक पहिचान खुल्न सकेकाे छैन । बेहुलासहित सात जना घाइते भएका छन् ।

जीप खाेल्सामा खसेकाे थियाे । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement