सुर्खेत जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो

सुर्खेत जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो

मृतक ३ जनाको सनाखत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं– सुर्खेतमा जिप दुर्घटना हुँदा मृतकको संख्या चार पुगेको छ । बिहीबार बिहाने सुर्खेत दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर– १४ स्थित रातानाङ्लामा उक्त दुर्घटना भएको हो ।

सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परी जिपमा सवार ६ जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये ३ जनाको सनाखत भएको छ । कालीकोटको शुभकालीका गाउँपालिका–३ का नमराज विक, तन्त विक र उनका छोरा वीरेन्द्र विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्का एक जनाको भने परिचय खुलेको छैन । शव रुखमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुई जना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा परी चालक र एक यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र विर विश्वकर्माले जानकारी दिए । उनका अनुसार जिप सडकभन्दा झण्डै तीन सय मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न सकेको छैन ।