नौगाड गाउँपालिका अध्यक्ष धामी सवार जीप दुर्घटना, चालकको अवस्था गम्भीर

नौगाड गाउँपालिका अध्यक्ष धामी सवार जीप दुर्घटना, चालकको अवस्था गम्भीर

प्रतिकात्मक तस्वीर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – दार्चुलाको नौगाड गाउँपालिकाका अध्यक्ष दलजितसिंह धामी सवार जीप दुर्घटना भएको छ ।

नौगाड गाउँपालिका–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश ३ ०२२ च ५१२९ नम्बरको बोलेरो जीप नौगाड गाउँपालिका–३ बगड जामिरमा दिउँसो साढे १२ बजेतिर दुर्घटना भएको जनाइएको छ ।

जीप दुर्घटना हुँदा चालक जयभानसिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते दुवैलाई उपचारका लागि धनगढी लगिएको छ ।