अमेजनको सिईओबाट बाहिरिए बेजोस, नयाँ सिईओमा एन्डी जेसी

अमेजनको सिईओबाट बाहिरिए बेजोस, नयाँ सिईओमा एन्डी जेसी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेजनका सिईओ जेफ बेजोसले राजीनामा दिएका छन् ।  दुई दशक लामो नेतृत्व सम्हालेका बेजोस अब कम्पनीको कार्यकारी अध्यक्षको रुपमा रहनेछन् ।

अनलाइनबाट पुस्तक विक्रि गर्ने माध्यमका रुपमा सुरु भएको अमेजन अहिले १७ खर्ब अमेरिकी डलर मूल्य बराबरको संसारकै ५ वटा कम्पनी मध्ये एक हो ।

कम्पनीकाअनुसार उनी अब अमेजनका वासिङ्टन पोष्ट, ब्लु ओरिजिन जस्ता अन्य व्यवसायहरुमा सक्रिय रहनेछन् ।

फोब्र्स म्यागजिनका अनुसार उनी विश्वकै सबैभन्दा धनी व्यक्तिको सूचीमा रहेका छन् । उनको राजीनामापछि अमेजनको सिईओ एन्डी जेसी रहनेछन् ।