काठमाण्डु- युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसको निशानमा युक्रेनमात्रै नभइ पुरा युरोप रहेको बताएका छन् । शनिबार अबेर राती आफ्नो सम्बोधनमा जेलेन्स्कीले रुसको नजर युक्रेनसम्म मात्रै सिमित नभई पूरा युरोप रहेको बताएका हुन् ।
जेलेन्स्कीले यतिबेला पश्चिमी देशसँग रुसको ऊर्जा उत्पादनमा पूर्ण रुपमा प्रतिबन्ध लगाइदिन भनेका छन् । साथै युक्रेनलाई अतिरिक्त हतियारको आपूर्ति गर्न पनि माग गरेका छन् ।
उनले भनेका छन्, ‘रुसले बल प्रयोग गर्नु एउटा यस्तो विध्वंश हो जसले अन्ततः सबैलाई प्रभावित गर्नेछ ।’ रुसको सेना युक्रेनको पूर्वी हिस्सामा जुटेको विषयमा जेलेन्स्कीले युक्रेन कठिनतम लडाईंका लागि तयार भएको बताएको छ ।




प्रतिक्रिया