जेम्स बोण्डतिर सुपरमेनको नजर


एजेन्सी – हलिउड अभिनेता हेनरी केविल सुपरमेनको भूमिकामा निकै रुचाइए । उनले ‘द विचर’मा रिविराको गेराल्टको भूमिका निभाएका थिए । जसकारण उनी दर्शकमाझ प्रिय बने । अब उनी जेम्स बोण्डको तयारीमा जुटेका छन् ।

हेनरीले हालैमात्र आफू अब सुपरेमनको भूमिकामा नदेखिने घोषणा भएपछि फ्यान दुःखी बनेका थिए । उनको यो घोषणा सँगै के उनी अब जेम्स बोण्ड बन्न लागेका हुन् भन्ने चर्चा पनि हलिउड बजारमा छ ।

हेनरीले एक अन्तवार्तामा आफूले सन् २००५ मा जेम्स बोण्ड भूमिकाको लागि अडिसन दिएको खुलासा गरेका थिए । तर अन्तर्वातामा आफू डेनियल क्रेगभन्दा पछाडि परेको बताएका थिए । यसपछि डेनियलले जेम्स बोण्डको भूमिका लगातार ४ फिल्ममा निभाए । अब भने उनी यो चरित्रबाट बाहिर निस्किएर केही फरक भूमिकामा काम गर्न चाहन्छन् ।

हेनरीले भने ‘द अकाउन्ट अफ मोन्टेक्रिस्टो’बाट आफ्नो डेब्यू गरेका थिए । यो फिल्म सन् २००२ मा रिलिज भएको थियो । यद्यपि उनले लोकप्रियता भने सुपरमेनका रुपमा पाए । उनले ‘मेन अफ स्टील’, ‘मिसन इम्पोसिबलः फलआउट’, ‘स्टारडस्ट’ र ‘बेटमेन वर्सेस सुपरमेनः डन अफ जस्टिस’मा पनि अभिनय गरेका छन् ।

हेनरीबाहेक आरोन टेलर जोनसन पनि जेम्स बोण्डको भूमिकाका लागि दौडमा छन् । उनले हेनरीसँग कडा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement