‘जेरी अन टप’ले एक हप्तामा कति कमायो ?

‘जेरी अन टप’ले एक हप्तामा कति कमायो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चलचित्र ‘जेरी अन टप’ले एक हप्तामा पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । अनमोल केसी स्टारर चलचित्रले पहिलो दिनदेखि नै राम्रो कलेक्सन गरेको थियो ।

असोज ३१ गते प्रदर्शन भएको यो चलचित्रले पहिलो दिन ७२ लाख ५९ हजार, दोस्रो दिन ८६ लाख ३८ हजार र तेस्रो दिन ६३ लाख ८४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।

सात दिनमा पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गरेको निर्माता सरोज न्यौपानेको दाबी छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले यो चलचित्रलाई सुपरहिट घोषणा गरिसकेको छ ।

सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ ।

अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । चलचित्रमा कथा हेमराज बिसीको छ ।

कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ । छायांकन दुलीप रेग्मीको छ ।