जेठ ५ भित्र पदबहाली गर्नेगरी स्थानीय तह निर्वाचन गर्न एमालेको माग


काठमाण्डु – नेकपा (एमाले)ले जेठ ५ भित्र पदबहाली गर्नेगरी स्थानीय तह निर्वाचन गर्नुपर्ने बताएको छ ।

निर्वाचन आयोगले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग गरेको छलफलपछि सञ्चाकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव विष्णु रिमालले ०५४ सालमा भएको निर्वाचन ०५९ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै समयमा अनिश्चित हुँदा ०७४ सालमा पुगेको भन्दै अहिलेपनि त्यस्तो अवस्था आउन नदिन समयमै चुनाव गर्नुपर्ने बताए । उनले निर्वाचनबाहेक स्थानीय तहको कुनै विकल्प नरहेको आयोगको भनाईमा एमालेले पूर्णसमर्थन जनाएको बताए ।

‘०५४ सालको निर्वाचन ०५९ सालमा गर्नुपर्ने थियो । अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवाले म्याद नथपेका कारण ०७४ सालमा पुग्यो । कुनै बहाना बाजी गरेर निर्वाचन सारिए ०५९ सालबाट ०७४ सालमा पुगेकै अवस्था हुन्छ भनेर मैले राखेको छु,’ उपमहासचिव रिमालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement