काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
आइतबार झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाण्डौंले आदेश दिएको हो । शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाण्डौं जिल्ला अदालत पेश गरिएको थियो । पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत पहिलो चरणको अनुसन्धानमा झाको सम्बन्ध नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग प्रत्यक्षरुपमा रहेको खुलेको थियो । उनले शीर्ष नेताहरुसँग यस प्रकरणमा आर्थिक लेनदेनको कारोबार गरेको पाइएको स्रोतको दाबी छ ।
यो पनि पढ्नुहोस्, नक्कली शरणार्थी प्रकरणमा बेचन झा पक्राउ : आरजु राणा अनुसन्धानमा तानिने सम्भावना बढ्यो




प्रतिक्रिया