बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश

बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ ।

सोमबार तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ ।

गत असार ५ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा झा कञ्चनपुरबाट पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला अदालत काठमाण्डुले ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसूर अभियोगमा झालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्लाको आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेको थियो ।

जिल्ला र उच्चको आदेशविरुद्ध गत माघ २ गते उनी सर्वोच्च पुगेका थिए । सर्वाेच्चले मिसिल झिकाउन आदेश दिएको छ ।