जनकमुर – प्रहरीले महोत्तरीकाे झा दम्पती हत्या प्रकरणमा संलग्न भएको आशंकामा थप तीन जनालाई प्रक्राउ गरेको छ ।
महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण पछि हत्या गरिएको आशंकामा प्रहरीले स्थानीय विकास झा, कैलास झा र शम्भु झालाई पक्राउ गरेको हो ।
उनीहरू तीनैजना झा दम्पतीको नातेदार भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा संलग्नता देखिएकाले उनीहरु तीनै जनालाई शुक्रबार नियन्त्रणमा लिएको प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।
फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुईदिनअघि मात्र कंकाल फेला परेको थियो । कंकालको शुक्रबार पोष्टमार्टम पश्चात् दाहसंस्कार गरिएको छ ।




प्रतिक्रिया