‘नो केबलकार समूह’ र प्रहरीबीच झडप

‘नो केबलकार समूह’ र प्रहरीबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ – धार्मिकस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार समूह’ र प्रहरीबीच फुङलिङमा झडप भएको छ ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार साँझ बजारमा नारा लगाउँदै राँके जुलुस प्रदर्शन गर्दा झडप भएको हो ।

राँके जुलुस गर्दा वीरेन्द्रचोकमा प्रहरीसँग झडप हुँदा दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । काफ्लेपाटीबाट फर्किएका आन्दोलनकारीको प्रदर्शनपछि कोणसभालाई विभिन्न नेताले सम्बोधन गरेका थिए ।

आन्दोलनकारीले केही हपतायता केबलकार निर्माणको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच पटक–पटक झडपको अवस्था बनेको छ ।