धनगढी – कैलालीको धनगढीमा २ समूहबिच झडप हुँदा २ जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा मदिरा सेवन गरेका २ समूहबिच भएको झडपमा परी २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार झडप नियन्त्रणका क्रममा प्रहरी सहायक निरीक्षकसहित २ जना घाइते भएका छन् ।
घटनाको अनुसन्धानका लागि १२ जनालाई नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए । झडप नियन्त्रणमा लिन निर्वाचनमा खटिएका नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।




प्रतिक्रिया