काठमाण्डु- बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको बैठकमा कुर्सी हानाहान भएको छ ।
सोमबार नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो ।
वडाध्यक्षहरूको विरोध र तोडफोडपछि नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।
यसकारण भएको थियो झडप
सोमबार मेयर पौडेलले बैठक नगरसभामा आवश्यक संख्या २५ प्रतिशत पुर्याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने तयारी गरेका थिए ।
नीति तथा कार्यक्रम र बजेट पास गर्ने विषयमा एमाले र लोसपा सहमत नहुँदा झडप भएको हो । आज नगरसभामा सहभागी हुन मेयर पौडेल नगरसभामा छिर्नसाथ एमाले र लोसापाबाट निर्वाचित वडाअध्यक्षहरु विरोधमा उत्रिए । त्यसैक्रममा उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका हुन् ।




प्रतिक्रिया