कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप

कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झडप भएको छ । प्रधानमन्त्रीको पक्षमा पक्षमा प्रर्दशनमा उत्रिएको समूह र प्रचण्ड पक्षका युवाबीच झडप हो ।

झडपपछि केहीबेर लम्की क्षेत्र तनावग्रस्त भएको थियो । सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा प्रधानमन्त्री ओलीको फोटोसहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाले प्रर्दशन गरेका थिए ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर चन्दले कार्यक्रममा सामान्य भनाभन मात्रै भएको बताए ।