काठमाण्डु – कोरोना भाइरसको संक्रमणविरुद्धको खोप लगाउने क्रममा झडप भएको छ ।
सोमबार बिहान सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेजमा खोप लगाउन लाइनमा बसिरहेका दुई जनाबीच झडप भएको हो । झडपका क्रममा एक जना घाइते भएका छन् ।
महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार खाेप लगाउन लाइनमा लागेका दुई समूहबीच झडप भएको थियो । घाइते युवाको उपचार भइरहेको छ भने कुटपिट गर्ने युवालाई गौशाला वृत्तमा राखिएको गौशालाका डीएसपी जितेन्द्र बस्नेतले बताए । यसविषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।




प्रतिक्रिया