काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जम्मै एकै ठाउँमा मिलेर लडे पनि बहुमत नआउने चिन्ता व्यक्त गरेका छन् ।
संविधान निर्माणमा स्व. सुवासचन्द्र नेम्वाङको योगदान सम्बन्धी कार्यक्रममा बोल्दै उनले देशमा संकट मडारिएको बताए ।
‘हामीले संविधान त बनायौं तर त्यो अनुसारको नीति, आचरण गर्न सकेका छैनौं । अहिले देशमा संकट मडारिएको छ । राजनीति हेर्नुस्, कता गइरहेका छौं, थाहा छैन । यो देशका नेताहरूले पनि भन्न सक्दैनन् । त्यस्तो अवस्थामा छौं । जनताले पनि अविश्वास गर्न थालिसके । संघीय संसद्मा हेर्नुस्, कुनै पार्टीले बहुमत ल्याउन सकेन । यही जनता भोटर हुन्,’ उनले भने, ‘हिजो दुईतिहाइ बहुमत प्राप्त भएको थियो नि ! दुई वटा समूह मात्रै मिलेर लड्दा अहिले जम्मै एकै ठाउँमा मिलेर लडे पनि बहुमत आउँछ कि आउँदैन भन्ने भइसक्यो ।’
देशको राजनीतिसँगै सामाजिक, आर्थिक पाटो पनि संकटमा रहेको उनले बताए । संविधान कार्यान्वयनमा सबै दलहरूलाई एकै ठाउँमा उभिन उनले आग्रह गरे ।




प्रतिक्रिया