चीनबाट स्वदेश फर्किए पूर्व प्रधानमन्त्री खनाल

चीनबाट स्वदेश फर्किए पूर्व प्रधानमन्त्री खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

चीनले बेइजिङमा आयोजना गरेको अन्तराष्ट्रिय सहकार्यका लागि तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी भएर उनी आज स्वदेश फर्किएका हुन् ।

गत हप्ता चीन गएका पूर्व प्रधानमन्त्री खनालले अक्टोबर १८ मा तेस्रो ‘बीआरएफ’ फोरमलाई सम्बोधन गरेका थिए । चीनमा उनले विभिन्न देशका तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग भेटघाट गरेका जनाइएको छ ।