भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन हुनुपर्छ : नेता खनाल

भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन हुनुपर्छ : नेता खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावितलाई राहतमा ढिलाइ भएको गुनासो सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

आज शनिबार काठमाण्डुमा समाजवादी प्रेस संगठनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूकम्पीडितलाई समयमा नै राहत उपलब्ध नभएको गुनासो आएको बताए ।

राहत र पुनःस्थापनाका निम्ति सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए । भविष्यमा विपद्बाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न सरकारले समयमै आवश्यक पूर्व तयारी गर्नुपर्ने उनले बताए ।