नेकपा सचिवालयको बैठक बोलाउन प्रचण्डसँग झलनाथ खनालको माग

नेकपा सचिवालयको बैठक बोलाउन प्रचण्डसँग झलनाथ खनालको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठक बोलाउन माग गरेका छन् ।

नेता खनालले चीनबाट ल्याएको मेडिकल सामाग्री ल्याउँदा अनियमितता भएको विषय बाहिर आएकाले पार्टीभित्र छलफल हुनुपर्ने माग गर्दै सचिवालय बैठक बोलाउन आग्रह गरेका हुन् ।

नेपाल खनलाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर सचिवालय बैमठक डाक्न माग गरेका हुन् । उनले विपत्ति र महासंकटका बेला अनियमितता गर्नेलाई कानुनी कारबाही गर्ने विषयमा छलफल हुनुपर्ने बताएका छन् ।

मेडिकल सामग्री खरिदमा ठेक्का रद्द र पुनः नेपाली सेनालाई दिइएको ठेक्काका विषमा सचिवालय बैठकमा छलफल हुने समेत उनले बताए ।