पार्टीमा अराजकता र नोकरशाही प्रवृत्ति बढे उपलब्धि गुम्ने खतरा हुन्छः झलनाथ खनाल

पार्टीमा अराजकता र नोकरशाही प्रवृत्ति बढे उपलब्धि गुम्ने खतरा हुन्छः झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकीकरणका कामलाई दृढतापुर्वक टुंगो लगाउनुपर्ने बताएका छन् ।

कम्युनिष्ट पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै वरिष्ठ नेता खनालले कुनै पनि प्रकारका अस्थिरताबादी प्रवृत्तिका विरुद्ध सिंगो पार्टीलाई एकताबद्ध बनाउनु पर्नेमा जोड दिए ।

उनले पार्टीलाई वैचारिक राजनीतिक सैद्धन्तिक र संगठनात्मक रुपमा सदृढ गर्न जरुरी रहेको बताएका छन् । वरिष्ठ नेता खनालले नेकपाको नेतृत्वमा नै राजनीतिक स्थिरता कायम हुने र मुलुकमा समृद्धि आउने दावी गरे ।

‘यो पार्टीलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धतिसंगत ढंगले अघि बढाएर मात्र उपलब्धिलाई निरन्तरता दिन सकिन्छ’ उनले भनेका छन् ‘पार्टीमा अराजकताबादी र नोकरशाही प्रवृत्ति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रवृत्ति बढन थाले भने हामीले प्राप्त गरेका उपलब्धि नै गुम्ने खतरा पैदा हुन्छ ।’

यो बेलामा कुनै पनि प्रकारका अस्थिरताबादी प्रबृत्तिकाविरुद्ध एकताबद्ध हुँदै कोरोना भाइरसको महामारीका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यक्ता रहेको उनले उल्लेख गरेका छन् ।