आफूलाई हटाउने विषयमा प्रधानमन्त्री चिन्तित, झलनाथसँग पोखे यस्तो गुनासो

आफूलाई हटाउने विषयमा प्रधानमन्त्री चिन्तित, झलनाथसँग पोखे यस्तो गुनासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली चिन्ताग्रस्त रहेकाले चिन्ता नलिन सुझाव दिएको बताएका छन् ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेता खनालले प्रधानमन्त्री तनावयुक्त मुद्रामा रहेको बताएका हुन् । नेता खनालले आफूलाई हटाउने विषयमा प्रधानमन्त्रीले चिन्ता लिएको र आफूले उत्तेजनामा नआउन आग्रह गरेको बताए ।

‘मलाई हटाउन प्रयत्न भइरहेको छ भन्ने कुरामा अलि उद्धेलित हुनुहुन्थ्यो । तर मैले यसरी उत्तेजनामा आउनु हुँदैन संयम हुनुपर्छ, धैर्यशील हुनुपर्छ र पार्टीभन्दा माथि कोही पनि छैन भनेर समेत भनेको छु,’ खनालले भने, ‘उहाँ अलि बढी चिन्तित, तनावयुक्त मुद्रामा हुनुहुन्थ्यो । चिन्तित र तनावयुक्त हुनुपर्ने कुनै कारण छैन । पार्टीका निर्णय, नीतिहरू सबैलाई सम्मान गर्नुपर्छ, आत्मसात, शिरोपर गर्नुपर्छ । त्यसले मात्रै आजका समस्याहरू समाधान गरेर अगाडि बढ्न सक्छौं भनेर भनें ।’