ओलीलाई गोमन सर्पसंग तुलना गर्दै झलनाथले भनेः जहाँ देख्यो त्यही ठुङ्ने

ओलीलाई गोमन सर्पसंग तुलना गर्दै झलनाथले भनेः जहाँ देख्यो त्यही ठुङ्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका प्रचण्ड–नेपाल समूहका नेता नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई गोमन साँपसँग तुलना गरेका छन् ।

शुक्रबार बबरमहलसस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले प्रधानमन्त्री ओलीले नेताहरुमाथि रिसइवी देखाउने गरेका कारण ओलीलाई गोमन साँपसँग तुलना गरेका हुन् ।

‘ओली गोमन सर्पजस्ता रहेछन्, जहाँ देख्यो त्यही ठुङ्ने,’ उनले भने । नेता खनालले दुवै अध्यक्ष प्रचण्ड र नेपाल बरावरी हैसियतामा रहेको पनि बताए ।

‘तेस्रो केन्द्रीय समिति बैठकले माधव नेपाललाई अध्यक्ष बनाएको छ । अध्यक्षभन्दा माथि कोही नेता हुँदैन’, उनले भने ।  नेता खनालले यसअघिको नेकपामा केपी ओलीले जवरजस्त एक नम्बर घोषणा गरेको भन्दै आउने महाधिवेशनसम्म २ अध्यक्ष रहने र महाधिवेसनपछि एउटै अध्यक्ष बन्ने जानकारी दिए ।