ओलीजस्तो पिउसोलाई ठेगान लगाउन धेरै समय पर्खिनु पर्दैनः झलनाथ खनाल

ओलीजस्तो पिउसोलाई ठेगान लगाउन धेरै समय पर्खिनु पर्दैनः झलनाथ खनाल


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीजस्तो पिउसो तानाशाहलाई सडकबाटै ठिक लगाउने चेतावनी दिएका छन् ।

बुधबार पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा आयोजित अखिल नेपाल महिला संघ, बागमती प्रदेशका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेता खनालले २३८ वर्षे तानाशाहालाई तानाशाहीलाई सडकबाटै ठेगान लगाएकाले ओलीलाई पनि ठेगान लगाउन धेरै समय खर्च गर्नुनपर्ने बताएका छन् ।

‘हामीले २३८ वर्ष लामो तानाशाहीलाई सडकबाटै ठेगान लगायौँ । केपी ओलीजस्तो पिउसो तानाशाहलाई ठेगान लगाउन धेरै समय पर्खिनु पर्दैन,’ उनले भने ।

उनले कम्युनिस्ट वैचारिक र सैद्धान्तिक रुपमा स्खलित भएपछि यस्तो समेत हुने बताएका छन् ।

‘हिजो केशरजंग रायमाझी पनि देखेकै हो। ओलीलाई पनि देखेकै छौँ,’ खनालले भने, ‘उनले संसद् विघटन गरेपछि यथास्थितिलाई सहयोग पुगेको छ। त्यो निर्णयबाट कम्युनिस्ट आन्दोलन नै लज्जित भएको छ ।’