केपी ओलीको पार्टी सानो टुक्रा मात्रै हो, प्रचण्ड–नेपालको पार्टी नै आधिकारिक: झलनाथ खनाल

केपी ओलीको पार्टी सानो टुक्रा मात्रै हो, प्रचण्ड–नेपालको पार्टी नै आधिकारिक: झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टी नै आधिकारिक रहेको दाबी गरेका छन् ।

पार्टी आधिकारिकता दाबी गरेर निर्वाचन आयोगबाट फर्कने क्रममा पत्रकारहरुसँग बोल्दै नेता खनालले बालुवाटारलाई सानो गुटको संज्ञा दिँदै प्रचण्ड–नेपालको पार्टी नै आधिकारिक पार्टी भएको दाबी गरेका हुन् ।

‘हामीसँग ४४१ मध्ये झण्डै ७० प्रतिशत केन्द्रीय सदस्य छन् । सम्पूर्ण तथ्य प्रमाण र विधान सबैलाई राखेर आयोगमा दाबी गरेका छौँ । हाम्रो पार्टी नै आधिकारिक हो’, उनले भने, ‘दाबी प्रस्तुत दल ऐनको धारामा टेकेर दाबी गरिरहेका छौँ, आयोगले अब हाम्रो पक्षमा निर्णय गर्छ’, उनले भने ।

नेता खनालले निर्वाचनको मुख्य खेलाडी दल भएकाले दल तयारी नभएसम्म कुनै निर्वाचन हुन नसक्ने दाबी गरे । ‘निर्वाचनको मुख्य खेलाडी दल नै हुन् त्यसलाई तयारी नपारी निर्वाचन हुदैन त्यो निर्वाचन आयोगलाई थाहा छ’ उनले भने, ‘निर्वाचन आयोगले दलको टुंगो लगाउनुपर्छ। बालुवाटार सानो टुक्रा हो, पार्टी फुटाउने तागत नभएपछि आधिकारिकता दाबी गरेको मात्रै हो। त्यसैले संविधानलाई उपयोग गरेर दाबी गर्न आयो।’

केपी ओलीलाई पार्टीको साधारण सदस्य र विष्णु पौडेललाई महासचिवबाट हटाएको कुरालाई निर्वाचन आयोगमा प्रस्तुत गरेको बताए । ‘निर्वाचन आयोगमा करिब ७० प्रतिशतको हस्ताक्षर छ । हाम्रो प्रमाण र निर्णय बुझाएका छौँ’ उनले भने, ‘आयोग अब हाम्रो पक्षमा ठोस निर्णय गर्छ । आयोगले हाम्रो पक्षमा निर्णय गर्नुको विकल्प नै छैन ।’