सरकारले अनौठा-अनौठा काम गरेर नयाँ कीर्तिमान राख्योः झलनाथ खनाल

सरकारले अनौठा-अनौठा काम गरेर नयाँ कीर्तिमान राख्योः झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु – पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले जनमानसले नपत्याएका अनौठाअनौठा काम गरेर नयाँ कीर्तिमान कायम गर्दै गरेको दाबी गरेका छन् । नेकपा कपिलवस्तुले तौलिहवामा बुधबार राखेको जनसभा एवं चाडबाडको शुभकामना आदानप्रदानसहितको चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

केही समयअघि नाकाबन्दी लगाउने भारतले पेट्रोलियम पाइप बनाइदिने, सधैं मौन कूटनीति राख्दै आएको चीनले खुलेर साथ दिँदै अढाई दशकमा पहिलोपटक राष्ट्रपति सी चिन फिङले नेपालको भ्रमण गर्ने, अमेरिकाले नेपालको हितमा वक्तव्य निकालेर धारणा प्रस्ट्याउने, लोडसेडिङमा अल्मलिएको देशले बंगालादेशमा विद्युत् बेच्ने सम्झौता हुनेजस्ता कुरा जनमानसले नपत्याएका तर वर्तमान सरकारले साकार पारेका विषय हुन भन्दै वरिष्ठ नेता खनालले यी कामले नयाँ कीर्तिमान राखेको औंल्याए ।

उनले ग्रिसको सभ्यताभन्दा प्राचीन कपिलवस्तुको सभ्यता धेरै पुरानो भएको भन्दै लोकतन्त्र र गणतन्त्रको विश्वमा अभ्यूदय भएको भूमी पूर्वी युरोप र अमेरिका नभई प्राचीन कपिलवस्तुको शाक्य गणराज्य भएको स्पष्ट पारे । यस्तो पावन भूमि कपिलवस्तु कसरी सबै हिसाबमा पछि प¥यो वा पारियो त्यसको हिसाबकिताब खोज्ने काम नेकपाको भएको उनको भनाइ छ ।

वरिष्ठ नेता खनालले वर्तमान सरकारले काम नगरेर आलोचना भइरहेको भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै छोटो समयमा दीर्घकालीन महत्वका धेरै काम अघि बढाउदा प्रतिपक्षले पचाउन नसकेर आलोचनामा उत्रेको बताए । सामाजिक सञ्जाल भनेका कागले कान लग्यो भन्दा कान नछामीकन कागकै पछि दौडने भन्दै आमजनताले सरकारले बेठीक ग¥यो नभनेकाले सरकारका काम जनमुखी भएको उनले प्रस्ट्याए ।

रत्न राज्य माविको खुला चौरमा २५०० वढी अगुवा कार्यकर्ता र समर्थकको सहभागिता रहेको जनसभामा कृषि मन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल बलदेवले आफूले नेतृत्व गरेको मन्त्रालयले कपिलवस्तुलाई सबैभन्दा प्राथमिकतामा राखेको बताए ।

उनले तौलिहवा क्षेत्रमा ५ हजार मेट्रिकटनको शीतभण्डार निर्माणका लागि प्रक्रिया अघि बढ्नु, कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि विजयनगर वा वाणगंगा क्षेत्रको जग्गा पहिचान हुन, वनगाईमा व्यवस्थित पशु हाटबजार स्थापना प्रक्रिया अघि बढ्नु कृषि क्षेत्रका महत्वपूर्ण उपलब्धि भएको भन्दै कपिलवस्तु अब विकास निर्माणमा पछि नपर्ने ठोकुवा गरे ।