काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका सचिवालय सदस्य झलनाथ खनाल दिल्ली उडेका छन् ।
शुक्रबार साढे ११ बजे नेता खनाल उपचारका लागि दिल्ली गएका हुन् । उनी नेपाल वायुसेवा निगमको जहाजबाट दिल्ली उडेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्नेछन् । नेता खनालले दिल्लीमा रहँदा कुनै राजनीतिक भेटवार्ता नहुने बताए । उनी सोमबार काठमाण्डु फर्किनेछन् ।




प्रतिक्रिया