केपी र माधव समूहको बैठकमा किन गएनन् झलनाथ ?

केपी र माधव समूहको बैठकमा किन गएनन् झलनाथ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पहिल्लो समय दुई समूहमा विभाजित भएको नेकपा एमालेका शीर्ष नेताहरुबीच पार्टी कार्यालय धुम्बाराहीमा बैठक जारी छ ।

उक्त बैठकमा झलनाथ खनाल भने सहभागी छैनन् । उनले आफुलाई ओलीले नबोलाएका कारण बैठकमा सहभागी नभएको बताए ।

ओलीले आफुलाई पनि बोलाएको भन्दै खनालले यसअघि आजै नेपाल समूहसँग छुट्टै छलफल समेत गरेका थिए । केपी ओली र माधव नेपालबीच करिब ४ महिनापछि आज भेटवार्ता भएको हो ।

केहीबेरअघि नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ रहेका छन् ।

त्यस्तै माधव कुमार नेपाल समूहमा नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन् ।