झलनाथ खनालको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना

झलनाथ खनालको स्वास्थ्यमा समस्या, नर्भिक अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल सोमबार बिहान थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् ।

केही समयअगाडि कोरोना संक्रमण मुक्त भएर घरमा आराम गरिरहेका नेता खनाललाई रगतमा हेमोग्लोबिनको मात्रा कम र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।