झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लैजाने तयारी

झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लैजाने तयारी


काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लाने तयारी भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लैजाने तयारी भएको हो ।

केही समयअगाडि कोरोना संक्रमण मुक्त भएर घरमा आराम गरिरहेका नेता खनाललाई रगतमा हेमोग्लोबिनको मात्रा कम र ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

उनलाई आजै साढे १२ बजे दिल्ली लैजाने तयारी भइरहेको खनालको सचिवालयले जानकारी दिएको छ । उनीसँगै श्रीमती, छोरा र एक जना चिकित्सक साथमा दिल्ली सचिवालयले जनाएको छ । उनको एपोलो अस्पतालमा उपचार हुने बताइएको छ ।