झलनाथ खनाललाई दिल्ली लगियो, महासचिव पोखरेलले लिए स्वास्थ्यबारे जानकारी


काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लगिएको हो ।

उनीसँगै श्रीमती, छोरा र एक जना चिकित्सक साथमा दिल्ली गएको नेता खनालको सचिवालयले जनाएको छ । उनको एपोलो अस्पतालमा उपचार हुने बताइएको छ ।

केही समयअगाडि कोरोना संक्रमण मुक्त भएर घरमा आराम गरिरहेका नेता खनाललाई रगतमा हेमोग्लोबिनको मात्रा कम र ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले उनलाई भेटेका छन् । महासचिव पोखरेलले दिल्ली जानु अघि नर्भिक अस्पतालमा पुगेर खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement