काठमाण्डु – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । लगातार आईरहेको ज्वरो रोकिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिए ।
उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको भट्टराइले बताए । अहिले खनाल खाना खान सक्ने अवस्थामा रहेको पनि जनाइएको छ । पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि नेता खनाल भारतकाे दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका छन् ।




प्रतिक्रिया