दिल्लीको अस्पतालबाट झलनाथको अपिल : देउवा सरकारलाई विश्वासको मत दिऔं

दिल्लीको अस्पतालबाट झलनाथको अपिल : देउवा सरकारलाई विश्वासको मत दिऔं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।

सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको भन्दै उनले आफ्नो मत देउवा सरकारकै पक्षमा हुने बताएका छन् । उनले भनेका छन्, ‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ । त्यसैले म नेकपा (एमाले) का संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु ।’

नेता खनाल केहि समयदेखि भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् ।