काठमाण्डु – वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले परित्याग गरेका छन् । नेता खनालले माधव नेपाल अध्यक्ष रहेको नेकपा (एकिकृत समाजवादी) पार्टीलाई समर्थन गर्दै एमाले परित्याग गरेका हुन् ।
भोली निर्वाचन आयोगमा नेता खनालले सनाखत पठाउने सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बिरामी भएर भारतको दिल्लीमा उपचार गराइरहेका नेता खनालले नवगठित पार्टीलाई आफ्नो समर्थन रहेको सनाखत पत्र पठाउने भएका हुन् ।
‘उहाँले दूतावासमार्फत निर्वाचन आयोगमा सनाखतका लागि आफ्नो मन्जुरीनामा पठाउनुहुन्छ,’ उनले काठमाण्डुपाटीसँग भने ।
आयोगले नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) पार्टीलाई सनाखतका लागि भदौ ९ गते बोलाएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादीमा नेपाल अध्यक्ष र वरिष्ठ नेतामा झलनाथ खनालसहित ११५ जना केन्द्रीय सदस्य छन् ।




प्रतिक्रिया