काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल नेपाल आइपुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भारतको दिल्लीमा उपचार गर्न गएका खनाल उपचारपछि काठमाण्डु आएका हुन् ।
सोमबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले आफूले कार्यकारी पदमा दाबी नगर्ने बताएका छन् ।
ह्वीलचेयरमा बसेका नेता खनालले सास रहुन्जेल देश, राष्ट्रियता र कम्युनिष्ट आन्दोलन र समाजवादी पार्टी निर्माण गर्ने काममा खटिने बताए ।
‘सास रहुन्जेल देश, राष्ट्रियता र कम्युनिष्ट आन्दोलन र समाजवादी पार्टी निर्माण गर्ने काममा खटिनेछन् । नेपालमा दिगो शान्ती स्थापना भइसकेको छैन् । मैले कार्यकारी पोष्टको माग गरेको छैन् र गर्दिन पनि,’ उनले भने ।




प्रतिक्रिया