लिम्पायाधुरा–लिपुलेकमा भारतले सडक विस्तार गरेपछि नेकपा एसको आपत्ति, नेपाली भूमि रक्षा गर्न सरकारलाई आग्रह

लिम्पायाधुरा–लिपुलेकमा भारतले सडक विस्तार गरेपछि नेकपा एसको आपत्ति, नेपाली भूमि रक्षा गर्न सरकारलाई आग्रह


काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) पार्टीले भारतले नेपाली भूमि लिम्पायाधुरा–लिपुलेक क्षेत्रमा सडक विस्तार गरेको विषयमा आपत्ति जनाएको छ ।

हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिम्पायाधुरा–लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न बाटो चौँडा र विस्तार गर्ने गरेको घोषणाप्रति नेकपा एसले आपत्ति जनाएको हो ।

नेकपा एसका विदेश विभाग प्रमुख झलनाथ खनालले सोमबार एक विज्ञप्ति जारी गर्दैै यो नेपालको सर्वभौमिकतामाथि हस्तक्षेप भएको बताएका छन् । खनालले विज्ञप्तिमा नेपाली भूमि रक्षा गर्न आवश्यक कदम चाल्न समेत नेपाल सरकारसँग आग्रह गरेका छन् ।