काठमाण्डु – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी महाधिवेशनमा आफू नेतृत्वमा पुग्ने तयारी थालेका छन् । उनले सम्पर्क कार्यालय नै खोलेर नेता, कार्यकर्तासँग भेटघाट सुरु गरेका हुन् । काठमाडौँको मध्य बानेश्वरमा खनालले आजै सम्पर्क कार्यालय खोलका हुन्।
तर, नेता खनाल र उनको सचिवालय भने त्यो स्वीकार्दैन । स्वकीय सचिव कृष्ण भट्टराईले पार्टीको इलाम–काठमाडौँ सम्पर्क मञ्चको कार्यालय खोलिएको तर झलनाथ कामरेडको सम्पर्क कार्यालय खोलियो भनेर हल्ला फैलाइएको बताए ।
‘हामीले कतै सम्पर्क कार्यालय खोलेका छैँनौ । इलाम काठमाडौँ सम्पर्क मञ्चको कार्यालय खोलिएको हो । उहाँ (झलनाथ)ले खोल्लु भयो भनेर हल्ला पिटाउने काम भएको छ,’ स्वकीय सचिव भट्टराईले काठमाण्डुपाटीसँग भने ।
एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन काठमाडौँमा गर्दैछ । त्यसका लागि तयारी गर्न नेता खनालले सम्पर्क कार्यालय खोलेका हुन् ।
तर, स्वकीय सचिव भट्टराईले भने नेता खनालको कार्यालय भनेको कि निवास डल्लुमा कि पार्टी केन्द्रीय कार्यालयमा रहेको बताए ।
खनाल पक्षीय नेता एकीकृत समाजवादीका इलाम-काठमाडौँ सम्पर्क मन्चका अध्यक्ष कुनल राईले अध्यक्षसहित पदाधिकारी र सदस्य जित्न खनालले सम्पर्क कार्यालय खोलेको जानकारी दिए ।




प्रतिक्रिया