५० करोड डलर नराम्रो होइन, तर एमसीसीका १० वटा बुँदा मान्न सकिँदैनः झलनाथ खनाल

५० करोड डलर नराम्रो होइन, तर एमसीसीका १० वटा बुँदा मान्न सकिँदैनः झलनाथ खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले एमसिसीका १० वटा बुँदा मान्न नसकिने बताएका छन् । उनले नेपाली कांग्रेसका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गम्भिर बुँदा रहेको सम्झौतामा पनि हस्ताक्षर गरेको भन्दै उनले वर्तमान सरकारले सच्याउने बताए ।

नेकपा गण्डकी प्रदेशले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा बोल्दै खनालले अमेरिकाले दिने भनेको ५० करोड डलर अनुदान भने नराम्रो पक्ष नभएको बताए । ‘५० करोड डलर नराम्रो कुरा होइन, नेपालको पूर्वाधार बन्छ भने, तर त्यसमा रहेका १० वटा प्रावधान मान्न सकिँदैन ।’

खनाल नेकपा केन्द्रीय समिति बैठकले एमसिसी अध्ययन गर्न गठन गरेको कार्यदलका संयोजक समेत हुन् । कार्यदलले केही दिन अघि मात्र नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओली र अर्का अध्यक्ष प्रचण्डलाई एमसिसीबारे अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।

‘एमसिसी सम्झौता ५ वर्षका लागि हो’, उनले भने, ‘१० वटा यस्ता बुँदा छन्, जो सदाका लागि भनेर लेखिएको छ, त्यो कुरालाई मान्न सकिँदैन ।’ यी बुँदाहरु लाजमर्दो भएको भन्दै उनले भने, ‘के हेरेर सही गर्यो ?, यस्ता झुटा कुरा धेरै भनेर काम छैन, हामी प्रकाशित गर्छौं, तपाई पनि गहनतापूर्वक अध्ययन गर्नुस् ।’

सम्झौतामा एमसीसी लागू गर्दा अमेरिकाको न्युयोर्क स्टेटको कानुन नेपालमा लागू हुनेछ भनेर हस्ताक्षर भएको उनले बताए । ।

‘हामीले एमसिसी र आइपिएसबीचको सम्बन्ध अध्ययन गर्‍यौं, एमसिसीलाई इन्डो प्यासिफिक स्ट्राटेजीको अंग हो भनेको छैन,’ खनालले भने, ‘अमेरिकी नेताहरुले ठाउँ कु– ठाउँ अङ्ग हो भनेका छन् ।’