काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कोरोना भाइरसको महामारी चाँडै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सावधानी अपनाउन पनि आग्रह गरेका छन् । नेता खनालले घरमै बस्नका लागि अनुरोध समेत गरेका छन् ।
‘कोरोना भाइरसबाट बच्नका लागि घरमै बस्नुहोस्, साबुन पानीले हात धुनुहोस्, ह्यान्ड सेनिटाइजरको नियमित प्रयोग गर्नुहोस् । आशा गरौं महामारीको भय चाडै अन्त्य हुन्छ’, उनले भनेका छन् ।




प्रतिक्रिया