इलाम-१ मा पूर्वप्रधानमन्त्री खनाल पराजित,एमालेका महेश बस्नेत विजयी

इलाम-१ मा पूर्वप्रधानमन्त्री खनाल पराजित,एमालेका महेश बस्नेत विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इलाम क्षेत्र नं.- १ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेत निर्वाचित भएका छन् । बस्नेत नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई हराउँदै निर्वाचित भएका हुन् ।

भर्खरै सम्पन्न मतगणनामा नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेतले खनाललाई २ हजार ९ सय ५७ मतले पराजित गरेका हुन्। निर्वाचन आयोगले औपचारिक विजयी घोषणा गर्न बाँकी छ।