ईश्वर पोखरेललाई झलनाथले भनेः पार्टी मिलाउनूस् कमरेड !


काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले महासचिव ईश्वर पोखरेललाई पार्टी एकताबद्ध बनाउन आग्रह गरेका छन् ।

बुधबार आफूलाई भेट्न नर्भिक पुगेका महासचिव पोखरेललाई पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरेका हुन् ।

‘तपाईले पार्टी मिलाउनूस् कमरेड !’, नेता खनालले भने ।

जवाफमा महासचिव पोखरेलले स्वस्थ भएर आउन आग्रह गर्दै पार्टी एकताबद्ध रहने बताएको उनका प्रेस संयोजक गणेश पाण्डले जानकारी दिए ।

‘तपाई निको भएर आउनूस् कमरेड अनि छलफल गरौंला’, महासचिव पोखरेलले भने ।

जेठ ३१ गते नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि आज दिल्ली लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement