प्रधानमन्त्रीलाई झलनाथले भनेः जेठ २ मा नफर्किए पार्टी एकढिक्का हुँदैन

प्रधानमन्त्रीलाई झलनाथले भनेः जेठ २ मा नफर्किए पार्टी एकढिक्का हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता झलनाथ खनालले २०७५ जेठ २ गते अघिको अवस्थामा फर्किनुपर्ने बताएका छन् ।

शुक्रबार एमाले संसदीय दलको बैठकमा बोल्दै नेता खनालले पछिल्लो समय गरिएका सबै निर्णय खारेज गर्दै जेठ २ अघिको अवस्थामा नफर्किए पार्टी एक ढिक्का हुन नसक्ने बताए ।
उनले भने, ‘यो भन्दा अगाडि गरिएका निर्णयहरु फिर्ता लिएर जेठ २ गते पुग्ने अवस्था सिर्जना नगरिए पार्टी एकढिक्का सहित परिचालित हुन सक्दैन ।’

नेता खनालले भर्खरै जारी भएको नयाँ विधानमाथि पनि आपत्ति जनाएका थिए । उनले फेरि नयाँ विधान बनाउनुपर्ने बताए ।

‘संविधानसभा दलको विधानको निरन्तरता हुन सक्दैन । नयाँ विधान बनाउनुपर्छ’, उनले भने, ‘विधान बनाउने पनि प्रक्रियाहरु छन्, त्यो अनुसार संसदीय दलको विधान बनाउनुपर्छ ।’

दलका नेता केपी शर्मा ओलीले विशेष कारणवश प्रमुख सचेतक नियुक्त गरिएको बाहेक अन्य निर्णय नभएको बताए ।

‘प्रमुख सचेतक नियुक्त गर्ने निर्णय गरिएको छ । कुनै निर्णय गरिएको छैन । कारणवश प्रक्रियामा जानुपर्ने भएकाले मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेको हो,’ उनले भने ।