अस्पतालबाट नेता खनालले भने : नयाँ पार्टीको साथमा छु

अस्पतालबाट नेता खनालले भने : नयाँ पार्टीको साथमा छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमलोका नेता झलनाथ खनालले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा रहेको बताएका छन् । हाल दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालले सामाजिक सञ्जालमार्फत सो पार्टीलाई आफ्नो साथ र समर्थन रहेको बताएका हुन् ।

नेता खनालले माधव नेपाल नेतृत्वको नयाँ पार्टीप्रति केही पनि प्रतिक्रिया दिएका थिएनन् । यसैबीच एमाले संस्थापनले नयाँ पार्टीमा खनालको संलग्नता नरहेको दावी गर्दै आएको थियो । तर यता खनालको सचिवालयले नयाँ पार्टीलाई उनको साथ र समर्थन रहेको स्पष्ट पारेको हो । नेपाल नेतृत्वको नयाँ पार्टीमा झलनाथ खनालको नाम वरिष्ठ नेतामा रहेको छ ।

खनालको सचिवालयले भनेको छ, ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’