पश्चिमा शक्तिले नेपाललाई आफ्नो खेल भूमि बनाउन खोज्दैछन् : झलनाथ खनाल

पश्चिमा शक्तिले नेपाललाई आफ्नो खेल भूमि बनाउन खोज्दैछन् : झलनाथ खनाल

अमेरिकी सेनाका झुण्डहरुको उपस्थिति बाक्लिन थाल्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी पास गरेपछि अमेरिकी सेनाका झुण्डहरुको उपस्थिति बाक्लिन थालेको बताएका छन् ।

बुधवार ३१ औं मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका बताएका हुन्।

उनले एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आइरहेको भन्दै नेपाललाई विदेशीको खेल मैदान बन्न दिनु नहुने बताए। उनले नेपालमा अमेरिकीहरुको उपस्थिति बाक्लिनुको कारणबारे नेपालीहरु सचेत रहनुपर्ने समेत बताए।

उनले भने, ‘देश संकटपूर्ण अवस्थाबाट गइरहेको छ। हाम्रो देशलाई पश्चिमा शक्तिले आफ्नो खेल भूमि बनाउन खोज्दैछन् । एमसीसी र एसपीपी पास गराएपछि अमेरिकी सेनाका र सरकारका एकपछि अर्को झुण्डहरु नेपालमा आएका छन्। अमेरिकाका रक्षामन्त्रीहरु आउँछन्, सबैभन्दा पहिला तिब्बतीय क्याम्पमा पुग्छन् किन ? के स्वार्थ छ, यसमा नेपालीले बुझ्नुपर्छ। हाम्रो देशको गृहमन्त्रीकोमा पुग्छन् र? के स्वार्थ छ ? नेपाललाई किन खेल मैदान बनाउन कोशिस गर्दैछन् ? हामी अब यसको सामना गर्नपर्छ।’