केपी ओलीकै सेवा गरेर बस्न झलनाथलाई माधवकुमारको सुझाव

केपी ओलीकै सेवा गरेर बस्न झलनाथलाई माधवकुमारको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले झलनाथ खनाललाई केपी शर्मा ओलीको सेवा गरेर बस्न सल्लाह दिएका छन् ।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले खनाललक्षित त्यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने ‘मिडियामा जाने पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो रु विद्रोह ठिक लागेन भने । केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि । हामीले एमालेबाट छुट्टिने आँट गरेर ठिक गर्‍यौं र, पहिलो गाँसमा ढुंगो हैन, सुनको सिक्का पायौं ।

यस्तै उनले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन् ।

सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन् ।

उनले भने, ‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ । यदी हामी सानो हौं भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त । त्यो चाहीं महासानो भन्ने हो र । तीन वटा प्रदेशको मूख्यमन्त्री हामीले नै बनायौं । बाग्मतीमा मूख्यमन्त्री बनायौ, कोशीमा राजेन्द्र राईलाई मूख्यमन्त्री बनायौं । सुदुरपश्चिममा मूख्यमन्त्री बनायौ । हैसियत र शक्ति भएर नै हामीले निर्णायक भूमिका निर्वाह गर्यौं । मुख्यमन्त्री वा मन्त्रीहरु बनायौं । हैसियत र शक्ति नभएको भए त्यो नहुन सक्थ्यो ।’

उनले पार्टी सिद्धियो भन्ने हल्लाको पछि नलाग्न समेत आफ्ना कार्यकर्तालाई आग्रह गरे ।