काठमाण्डु – सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केहि सांसदहरुले एमसीसीको मतदान प्रकृयामा भाग नलिने भएका छन् । सांसदहरू झलनाथ खनाल, गिरिराजमणि पोखरेल र अञ्जना बिशंखे मतदान प्रकृयामा सहभागी नहुने भएका हुन् ।
एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ बोलाइएको प्रतिनिधिसभाको अर्को बैठकमा हुने मतदान प्रकृयामा आफू सहभागी नहुने नेता खनालले बताए ।
आइतबार नै बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो । नेकपा एसका अन्य केही सांसदले झलनाथलाई साथ दिने भने पनि उनीहरुको नाम सार्वजनिक भएको छैन ।




प्रतिक्रिया