काठमाण्डु – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताएका छन् ।
शनिबार काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउने बताए ।
नेताहरूको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको उनले बताए । कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु ठूलो कुरा नभएको उनले बताए ।
उनले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने बताए । ‘हामीले आउने महाधिवेशनबाट निर्माण गरेको नेतृत्व सर्वसम्मत हुने गरी निर्माण गरौं । त्यो सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठीक दिशातिर अघि बढाउँछ । हामी नेताहरूको बीचमा कहीँ पनि त्यस्तो ठूलो समस्या छैन । कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु भनेको कुनै ठूलो कुरा होइन । हामीले यो महाधिवेशन भित्रबाट पनि मन्थन गरेर व्यापक दस्तावेजहरूको संश्लेषण गरेर आफ्नो निष्कर्ष निकाल्छौं । अब केही गर्दा भएन, हाम्रो बीचमा केही गर्दा पनि मिलेन, मिल्दै नमिलेपछि हामीले लोकतन्त्रको बाटो लिनुपर्छ कि पर्दैन ? लोकतन्त्रातिक विधिबाट हामी नेतृत्व निर्माण गर्नेछौं ।’
सम्मानित नेता खनालले विचार र व्यवस्थापनको सन्तुलन मिलाएर पार्टी अघि बढ्ने बताए । नेकपा एकीकृत समाजवादीको नीति नेकपा एकीकृत समाजवादीकै नेतृत्वमा निर्माण हुने उनले बताए ।




प्रतिक्रिया