काठमाण्डु– नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा झलनाथ खनाल र घनश्याम भट्ट पक्षीय नेताहरूको बैठक जारी छ।
बैठकमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरूले आगामी पार्टी रणनीति र बैठक एजेन्डा तय गर्ने छलफल गरिरहेका छन्।
स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई र मनाकुमारी साउद सहभागी छन्। पूर्वमन्त्री रामकुमारी झाँक्री पनि बैठकमा उपस्थित छिन्।
सहभागी नेताहरूले बैठकलाई अनौपचारिक भनेका छन्। पछिल्ला दिनमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच असमझदारी बढ्दै गएको छ यी नै कुरालाई लिएर छलफल भइरहेको बताइएको छ ।




प्रतिक्रिया